सूचनाको शक्ति - The Power Of Information

        

संसद विघटनको मुद्दामा आज हेर्दाहेर्दैको पेसी

काठमाडौं । प्रतिसनिधिसभा विघटनको मुद्दालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले आज हेर्दाहेर्दैको पेसीमा राखेको छ ।

फैसला दिन ढिलाई हुँदा अदालत र इजलासमाथि दबाब र प्रभाव बढ्नसक्ने भन्दै प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबराले आज हेर्दाहेर्दैको पेसी तोक्नुभएको हो । यो मुद्दामा सकेसम्म छिटो फैसला सुनाउने संवैधानिक इजलासको तयारी छ ।

बढीमा दुई तिन दिनभित्र सर्वोच्चले फैसला सुनाउने अपेक्षा गरिएको छ । ५ न्यायाधिश रहेको संवैधानिक इजलासले सकेसम्म सर्वसम्मत राय बनाउने प्रयास गरिरहेको छ । त्यसो हुन नसके मत विभाजन हुनेछ ।

तिन वा सो भन्दा बढी न्यायाधिशको मत जतातिर जान्छ, सोही अनुसार फैसला आउनेछ । प्रतिनिधिसभा विद्दटन विरुद्ध दायर भएको रिटमा पक्ष विपक्षका कानुन व्यावसायी एवं एमिकस क्यूरीका विज्ञहरुको बहस नोट बुझेपछि सर्वोच्च अदालतले यो मुद्दालाई हेर्दाहेर्दैको पेसी तोकेको हो।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलवार ०८:१८