सूचनाको शक्ति - The Power Of Information

        

आमसभा सम्बोधन

प्रचण्ड–नेपाल समूह सिद्धिने बाटोमा हिँड्यो : प्रधानमन्त्री ओली

गलत बाटोमा नहिँड्न सुझाव

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूह सिद्धिने बाटोमा हिँडेको टिप्पणी गर्नुभएको छ ।

उहाँले पुष्पकमल दाहाल प्रचण्डको माया लागेर आउने भन्दै गलत बाटोमा नहिँड्न सुझाव दिनुभयो । आज विराटनगरमा भएको आमसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहका अध्यक्षसमेत रहनुभएका ओलीले प्रचण्डलाई सिद्धिने बाटोमा नहिँड्न सुझाव दिँदै फर्किएर आउन आग्रह समेत गर्नुभएको छ ।

ओलीले प्रचण्डलाई सुरुमा वैद्यको साथ, त्यसपछि डाक्टरको साथमा बसेको र उहाँहरुले साथ छोडेपछि झाँक्रीको साथमा पुगेको भन्दै व्यङ्ग्य पनि गर्नुभयो । तर गलत बाटोमा हिँडेका प्रचण्डलाई झाँक्रीले पनि जोगाउन नसक्ने ओलीको टिप्पणी छ ।

पार्टी फुटाएर कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन खोजिएको तर केही व्यक्तिले पार्टी छाडेपछि सरकार र पार्टीको कामले गति लिएको ओलीको दाबी छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार १९:३०