सूचनाको शक्ति - The Power Of Information

        

राष्टिय प्रजातन्त्र दिवसको अवसरमा अनेरास्ववियुले गर्यो वृहत रक्तदान कार्यक्रम

बझाङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बझाङले राष्टिय प्रजातन्त्र दिवसको अवसरमा वृहत रक्तदान कार्यक्रम गरेको छ ।

जिल्लामा बेलाबेला रगत अभाव हुने अवस्था भएका कारण उक्त अवस्थालाई मध्येनजर गरी रक्तदान कार्यक्रम गरिएको हो । शुक्रबार भएको रक्तदान कार्यक्रममा अनेरास्ववियुका नेता कार्यत्रकर्ता तथा अन्य युवाहरुको गरी ३१ जनाको ब्लड गुरुप पहिचान गरिएको छ भने, ७ जनाले रक्तदान गरेका छन् ।

भविष्यमा आइपर्ने रगत अभावलाई ब्यबस्थापन गर्नका लागी रक्त समुह पहिचान गरिएको र आवश्यक परेको खण्डमा रक्तदान गर्ने गरी ब्यबस्थापन गरिएको अनेरास्ववियुका जिल्ला संयोजक प्रविन्द्र धामीले जानकारी दिनु भएको छ ।

विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ । कोभिड १९ को संक्रमण रोकथामको लागी गरिएको बन्दाबन्दी, निशेधाज्ञाका कारणले जिल्लामा यतिबेला रगतको चरम अभाव भएको छ ।

रगतको यो अभावलाई केहि हद सम्म कम गर्ने उद्देश्यले शुक्रबार प्रजातन्त्र दिवसको अवसरमा अनेरास्वियुको सदरमुकाम चैनपुरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार भएको रक्तदानमा संकलन भएको ७ प्रिन्ट रगत जिल्ला अस्पतालमा स्थापना भएको ब्लड बैङमा राखिएको छ । संकलन भएको एक प्रिन्ट रगत जिल्ला अस्पतालमा रहेका तथा रगतको आवश्यक भएका विरामीलाई दिइएको जिल्ला अस्पताल बझाङका ल्याव टेक्निसियन जनकराज जोशीले जानकारी दिनु भयो ।

जिल्ला अस्पतालमानै ब्लड बैक स्थापना गरीएको भए पनी नेपाली सेना , नेपाल प्रहरी र युवाहरुले बेलाबेलामा रगत दिने गरेका छन । उक्त कुरालाइ ध्यानमा राख्दै रगत अभावलाई हटाउने उदेश्य भएपनि प्रयाप्त मात्रामा रत्तदान गर्ने दाताहरु नहँदा सुरक्षाकर्मिहरुको भर पर्नु पर्ने अवस्था छ । अझै उस्तै रहेको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार १९:२६