बझाङ । जिल्लाको थलारा गाउँपालिका वडा नं ५ मा शनिबार कोटभैरव साना किसान कृषि सहकारी संस्था लिमिटेडको भवन शिलान्यास गरिएको छ ।
थलारा गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले उक्त सहकारी संस्था लिमिटेडको २ कोठे भवनको शनिबार शिलान्यास गर्नु भएको छ । प्रदेशको सांसद कोष बाट आएको ५ लाख बजेटको १ लाख ७५ हजारमा जग्गा लिएको सहकारी संस्थाका अध्यक्ष हर्कबहादुर बिष्टले बताउनु भयो ।
भवन निर्माणका लागि आर्थिक अभाव हुने भएकाले सम्बन्धित निकायबाट आर्थिक सहयोगको अपिक्षा गरेको सहकारी संस्थाका प्रबन्धक निर्देशक गणेश पार्की बताउनु भएको छ ।
२०७२ साल देखि सञ्चालनमा आएको कोट भैरव साना किसान कृषि सहकारी संस्था लिमिटेडमा ४ सय ९२ जना शेयर सदस्य रहेका छन् भने , संस्थाको शेयर पुजी ५ लाख ३६ हजार ५ सय रहेको तथा जम्मा संस्थाको कुल पुजी ४८ लाख ३ सय ७५ रहेको सह प्रबन्धक रेखा रोकायाले बताउनु भयो ।
साथै संस्थामा विभिन्न किसिमका बचतहरू बाल बचत, ऐक्षिक, पेवा ,वृद्ध, ग्रसु पेन्सन बचत लगाएतका सेवाहरु रहेका छन् । पहिला भाडाको घरबाट सेवा दिइरहेको यस सहकारी संस्थाले अब आफ्नै पक्की भवन भएपछि संस्थाको काम तथा कारोबार सञ्चालन सहज हुने समेत सहायक प्रबन्धक रोकायाले बताउनु भएको छ ।
सहकारीको भवन उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष भुवनेश्वर उपाध्यायले किसानहरुलाइ समस्या परेको बेला ऋण लिनको लागी र समुदायमा आर्थिक समस्या भएको बेला सस्तो ब्याजमा नजिकै सेवा पाउने र यो काम समुदायको हितमा भएको भन्दै सहकारी संस्थाका संस्थापकहरुलाइ धन्यवाद दिनु भएको छ ।
।