सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

मौसम : बागमती र गण्डकी प्रदेशका केही क्षेत्रमा वर्षा र हिमपात हुने

सूर्यास्त साँझ ५ बजेर ५९ मिनेटमा

काठमाडौं । देशभर मौसम सामान्य बदली भइ बाकिँ स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भने महाशाखाकाअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बदली भएर छिटफुट वर्षा र हल्का हिमपात हुने र बाँकी भागको मौसम सफा रहनेछ ।

काठमाडौंमा पनि मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २३ देखि २५ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।

आज बिहान सूर्योदय ६ बजेर ३७ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५९ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार ०८:५२