सूचनाको शक्ति - The Power Of Information

        

‘मेरो चाहना होइन, तर प्रदेशसभा भंग हुनसक्छ’

विराटनगर । सरकारको आयु लम्ब्याउन प्रदेशसभा छलेको आरोप खेप्दै आएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभा भङ्ग हुनसक्ने बताएका छन् ।

प्रतिनिधिसभा विघटनसँगै विभाजित नेकपाको प्रचण्ड–माधव समूहले ओली पक्षमा रहेका मुख्यमन्त्री राईविरुद्ध पुस १२ मै अविश्वासको प्रस्ताव दर्ता गरेको थियो । त्यसबेला मुख्यमन्त्री राईले आरामले अविश्वासको प्रस्ताव सामना गर्छु भनेका थिए ।

अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३७ प्रदेशसभा सदस्यमध्ये पाँचजनाले आफ्नो हस्ताक्षर फिर्ता पनि लिएका छन् । तर राईलाई आफ्नो सरकार जोगाउन पुग्ने मत छैन । प्रमुख विपक्षी कांग्रेसले समर्थन नगर्ने र आफ्नो एकल बहुमत नपुग्ने अवस्था आएपछि सत्तारुढ पक्षले प्रदेशसभा नै अवरुद्ध गरेको छ ।

अर्को बैठक ९ फागुनमा बोलाइएको छ । त्यसअघि बिहीबार ओली पक्षका नेताहरुले प्रचण्ड–माधव समूहका नेताहरुलाई भेटेर अविश्वासको प्रस्ताव फिर्ता लिन वा पार्टीको आधिकारिकता विवादमा निर्वाचन आयोगको निर्णय पर्खिन आग्रह गरेका थिए ।

तर प्रचण्ड–माधव समूहले सहमति जनाएको छैन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार २०:१९