सूचनाको शक्ति - The Power Of Information

        

नेकपाको दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

काठमाडौं । चौंथो चरणको सडक आन्दोलन गरिरहेको नेकपाको दाहाल-नेपाल समूहले आज स्थायी कमिटीको बैठक बोलाएको छ ।

 स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

पछिल्लो राजनीतिक परिस्थितिको समीक्षा गर्न बैठक बोलाइएको जानकारी दिंदै प्रवक्ता श्रेष्ठले वैठकमा अरु नियमित कार्यसूची पनि रहेको बताएका छन् ।

गएको पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हठात् प्रतिनिधिसभा विघटनको कदम उठाएपछि सत्तारूढ पार्टी नेकपा विभाजित भएको थियो । विभाजित प्रचण्ड–नेपाल समूह अहिले सडक आन्दोलनमा छ । आजको बैठकमा आन्दोलनको समीक्षा गरिने उनले बताए ।

यसैबीच निर्वाचन आयोगले म्याद गुजारेर आधिकारिकता दाबी गरेकाले अहिले कारबाही गर्न नमिल्ने बताएपछि प्रचण्ड–नेपाल समूहले बहुमत सदस्यहरू नागरिकतासहित उपस्थित गराउने तयारी गरेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार १०:१६