सूचनाको शक्ति - The Power Of Information

        

शुक्रबार काठमाडौंका यी स्थानमा २ घण्टा बत्ती जाने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शुक्रबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ ।

बालाजु वितरण केन्द्रको धर्मस्थली, गोलढुङ्गा र विष्णुमति फिडरअन्तर्गत ११ हजार भोल्ट र एलटी लाइन मर्मत गर्नुपर्ने भएकाले विभिन्न स्थानको विद्युत् आपूर्ति बन्द गर्नुपरेको बालाजु वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार शुक्रबार बिहान १० बजेदेखि १२ बजेसम्म तीनवटै फिडर अन्तर्गतका क्षेत्रमा बत्ती जानेछ । तोकिएको समय अगावै काम भएमा तत्काले विद्युत् आपूर्ति सुचारु गरिने पनि केन्द्रले जनाएको छ ।

शुक्रबार काठमाडौंका यी स्थानमा २ घण्टा बत्ती जाने

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार ०८:०४