काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने इण्डियन प्रिमियर लिग (आईपीएल)को १४ औँ संस्करण खेल्न नपाउने भएका छन्।
बिहीबार भएको अक्सनमा सन्दीपमाथि कुनैपनि टोलीले बोली लगाएनन्। उनको बेस प्राइज ४० लाख रुपैयाँ तोकिएको थिए।
उनी अघिल्ला तीन संस्करणमा दिल्ली क्यापिटल्समा आवद्ध थिए। सन्दीपले दिल्लीमा प्रतिसिजन २० लाख भारतीय रुपैयाँ लिएर खेलेका थिए।
।