सूचनाको शक्ति - The Power Of Information

        

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अनेरास्ववियू आन्दोलित

काठमाडौं ।  पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि विरुद्ध नेकपा प्रचण्ड–मधव पक्ष निकट अनेरास्ववियू आन्दोलित बनेको छ । जसअनुसार अनेरास्ववियूले आज दिउँसो नेपाल आयलनिगमको कार्यालय घेराउ गर्ने भएको छ ।

बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय अगाडि प्रदर्शनसहित घेराउ कार्यक्रम राखिएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले जानकारी दिए । त्यसक्रममा ज्ञापनपत्र समेत बुझाउने अनेरास्ववियूले जनाएको छ ।

निगमले एक साताको बीचमा माघ २८ र फागुन ४ गते पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । फागुन ४ गते डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो भने माघ २८ गते खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ तथा पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य बढाएको थियो ।

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियूले आजै बिहान विभिन्न क्याम्पसअगाडि प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार ११:५४