सूचनाको शक्ति - The Power Of Information

        

सुनको भाउ तोलामा ६०० रुपैयाँ घट्यो, आज कति रुपैयाँमा होला कारोबार ?

काठमाडौं ।  बिहीबार पनि सुनको भाउमा गिरावट आएको छ ।

बुधबार प्रतितोला ८९ हजार ८०० रहेको छापावाल सुन बिहीबार ६०० रुपैयाँ घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार हुनेछ ।

सोही परिमाणको तेजावी सुन भने आज प्रतितोला ८८ हजार ७५० रुपैयाँमा किनबेच गर्न सकिनेछ ।

यता, चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ ।

यसअघि प्रतितोला एक हजार ३४० रुपैयाँ रहेको चाँदी आज एक हजार ३३५ रुपैयाँमा कारोबार गर्न सकिने महासंघले जनाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार ११:४९