सूचनाको शक्ति - The Power Of Information

        

आइपिएल अक्सन आज, सन्दीपको सम्भावना कति ?

काठमाडौं ।  यस सिजनको इण्डियन प्रिमियर लिग, आइपिएल क्रिकेटको खेलाडी किनबेच (अक्सन) आज हुँदैछ । चेन्नईमा हिउँसो सवा तीन बजेदेखि अक्सन सुरु हुनेछ ।

यसपटकको आइपिएल अक्सनमा नेपालबाट सन्दीप लामिछाने मात्रै परेका छन् । ८ खेलाडीले नाम दर्ता गराएपनि अन्तिम सूचीमा सन्दीप मात्रै परेका हुन् ।

अक्सनको समय आएसँगै सन्दीपको आइपिएल भविष्यका विषयमा नेपाली खेलप्रेमीका बीचमा निकै चर्चा भइरहेको छ । सबैको चिन्ताको विषय छ, सन्दीपलाई कुनै टिमले अनुबन्ध गर्छ वा गर्दैन ।

यसअघि दिल्ली क्यापिटल्समा ३ सिजन बिताएका सन्दीपले गएको सिजनमा कुनैपनि खेल खेल्न पाएका थिएनन् । यसपटक दिल्लीले उनलाई रिलिज गरेसँगै नयाँ टिममा अनुबन्धको अवसर सन्दीपले पाएका छन् ।

तर, उनलाई चुनौती पनि उत्तिकै रहेको छ । अन्य विदेशी खेलाडीको तुलनामा कम मूल्य राखेका सन्दीपको यस सिजनको आधार मूल्य ४० लाख भारतीय रुपैयाँ रहेको छ ।

यसबीचमा भारतीय पत्रिका हिन्दुस्तान टाइम्सले आइपिएल टिम सनराइजर्स हैदरावादले खरिद गर्नुपर्ने ३ खेलाडीको सूचीमा सन्दीपलाई पनि समेटेको छ ।

उसले हैदरावादले खरिद गर्नुपर्ने खेलाडीमा आरोन फिन्चसँगै सन्दीपलाई पनि उल्लेख गरेको छ । युवास्टार सञ्जु सामसनले नेतृत्व गर्ने उक्त टोलीले सन्दीपलाई भित्र्याउनु पर्ने सरमाचारमा उल्लेख छ ।

हैदरावादले आजको अक्सनमार्फत ३ जना विदेशी खेलाडी खरिद गर्नसक्नेछ । ५ जनाको कोटामा पहिल्यै टोलीमा २ विदेशी खेलाडी रहेका छन् । जारी सिजनका लागि उसले यसअघिका कप्तान स्टिभ स्मिथलाई रिलिज गरेको थियो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार ०८:१३