काठमाडौं । पश्चिम वायुको प्रभाव कायमै रहँदा आज काठमाडौँ उपत्यकासहितका देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ ।
दिउँसो १ बजेपछि काठमाडौँ उपत्यकासहित पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् मीनकुमार अर्यालका अनुसार दिउँसो काठमाडौँसहित प्रदेश २ र बागमती प्रदेशका पहाडी भेगमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ ।
आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो तापक्रम २४ डिग्री सेल्सियससम्म पुग्न सक्ने महाशाखाले जनाएको छ ।
आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ ।
हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा शनिबार रातिसम्म ठाउँठाउँमा हिमपातको पूर्वानुमान गरिएको छ ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
फाल्गुन ०६ गते (बिहीबार)
दिउँसो : प्रदेश- २ र बागमती प्रदेशलगायत देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राति : प्रदेश नं १ मा आंशिक बदली रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।
फागुन ०७ गते (शुक्रबार)
दिउँसो : प्रदेश १, र प्रदेश २, लागायत देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
राति : प्रदेश १, प्रदेश २ लगायत देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।
फागुन ०८ गते (शनिबार)
दिउँसो : प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति : प्रदेश १ र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदलीको सम्भावना रही बाँकी प्रदेशहरुमा मौसम सामान्यतया सफा रहनेछ ।
।