काठमाडौं । अमेरिकाले विश्वभरका बैंकहरुबाट १३ करोड अमेरिकी डलर चोरी गर्ने ३ जना उत्तर कोरियाली नागरिकमाथि चोरी र लुटेराको अभियोग दर्ता गरेको छ ।
विश्वभरका बैंकहरुबाट रकम चोरी गर्ने र लुटपाट गर्ने ३ जना उत्तर कोरियाका नागरिक र एक क्यानेडियन नागरिकलाई मनि लन्ड्रिङको अभियोग लगाइएको छ ।
उनीहरुले कम्प्युटरको प्रयोग गरी रकम चोरी गरेको अमेरिकी अधिकारीहरुको भनाइ छ । आरोपित ३ जना उत्तर कोरियाली नागरिकहरु सन् २०१७ मा अमेरिकामा भएको साइबर हमलामा समेत संलग्न भएको अमेरिकाले जनाएको छ ।
अमेरिकाका राष्ट्रिय सुरक्षाका सहायक महान्यायाधिवक्ता जोन डेमर्सले उत्तर कोरिया झण्डासहितको आपराधिक सिन्डिकेट बनेको बताउनु भएको छ ।
आरोपित ३ जना मध्ये एक उत्तर कोरियाली नागरिक सन २०१४ मा भएको सोनी इन्टरटेन्मेन्ट पिक्चर ह्याकिङम संलग्न व्यक्ति भएको खुलासा भएको छ ।
आरोपित तीनै जना हाल उत्तर कोरिमा नै रहेका छन् । अर्का आरोपित क्यानेडेनियन नागरिक भने आफूमाथि लगाइएको आरोप स्वीकार गरिसकेका छन् । एजेन्सी
।