सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आजदेखि

काठमाडौं ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा प्रतिनिधि सभा विघटनविरुद्ध भइरहेको आन्दोलनको समीक्षा र आगामी महाधिवेशनका विषयमा छलफल हुनेछ ।

बैठकमा फागुन ७ गतेदेखि पार्टीको १४ औं  निर्धारित माहाधिवेशन हुन नसक्ने भएपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।

कांग्रेसले १४ औं महाधिवेशनको मिति शुक्रबार १४ औं महाधिवेशनको उदघाटन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो । तर कोभिड १९ महामारीका कारण त्यसो हुन सकेन ।

 यस्तै देउवा नेतृत्वको केन्द्रीय कार्यसमितिको म्याद यही फागुन १९ गतेसम्म मात्रै भएकाले पनि म्याद थपका विषयमा समेत बैठकमा छलफल हुनेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार ११:५३