सूचनाको शक्ति - The Power Of Information

        

आज बुधबार तपाईको दिन कति शुभ ?

२०७७ फागुन ५ गते, बुधवार, १७ फेब्रुअरी २०२१ । पौष शुक्लपक्ष, षष्ठी तिथि । अश्विनी नक्षत्र । चन्द्रराशि– मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ । अरूको विश्वास गर्दा धोका हुन सक्छ । अवसरका लागि निकै दौडधुप पनि गर्नुपर्ला । प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ । छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला । फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला । व्यवसायमा आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन् । तर धेरै फाइदा उठाउन भने नसकिएला । केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ । श्रमको राम्रै मूल्यांकन भए पनि उपलब्धि तत्कालै प्राप्त नहुन सक्छ । पछिका लागि जिम्मेवारी भने प्राप्त हुनेछ । सरसापट वा कर्जामार्फत आवश्यक रकम पनि जुट्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

तारिफयोग्य कामको चर्चा हुनेछ । अवसरले पछ्याउनेछन् भने कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ । नोकरी तथा व्यवसायतर्फ मनग्य फाइदा हुनेछ । भौतिक साधन जुट्नेछन् । कामले धेरैको मन जित्न सकिनेछ । रुचिका विषयमा लगानी बढाउन पनि सकिनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

पहिलेको उपलब्धिले उत्साह जगाउनेछ । नयाँ काम थालनी हुनेछ । सानो प्रयत्नले दिगो काम सम्पादन गर्न सकिनेछ । साथीभाइले सहयोग जुटाउनेछन् । धार्मिक तथा सामाजिक काममा मन जानेछ । टाढिएका साथीभाइ नजिकिनेछन् । पेसा तथा व्यवसायमा फाइदा हुने समय छ । अध्ययनमा प्रगति हुनेछ । मिहिनेतले जीवनशैलीमा समेत सुधार ल्याउन सकिनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । बेसुरको निर्णयले समस्या आउला । बलजफ्तीले काम बिग्रन सक्छ । परिस्तिथिवश काममा केही ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले मन खिन्न बनाउला । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

रमाइलो समय छ । मानसम्मान प्राप्त हुनेछ । तर, मनोरञ्जनमा अलमलिँदा काममा पछि परिनेछ । लोकाचारका लागि आतिथ्य खर्चिलो बन्न सक्छ । वादविवादमा अघि नसर्नुहोला । धैर्यसाथ प्रयत्न गर्दा नयाँ परिवेशमा नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । आफन्तबीच आत्मीयता बढ्नेछ । व्यावसायले रमाइलो यात्रा समेत गराउन सक्छ । नयाँ जिम्मेवारी पनि प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा जुट्नाले मनग्य फाइदा हुनेछ । प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ । मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नाले फाइदा हुने काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द्व र मुद्दामा पनि आफ्नो पक्ष सबल बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

अध्ययन र पेसामा प्रगति गर्ने समय छ । विद्यार्थीहरूका लागि विशेष उपलब्धि हासिल हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ । पहिलेको कमजोर नतिजा पनि सच्याउन सकिनेछ । व्यापार(व्यवसायमा पनि राम्रो फाइदा हुनेछ । तत्कालको निर्णयले नयाँ काम सुरुवात हुन सक्छ । शुभचिन्तकहरूले साथ दिने हुँदा लक्ष्यअनुसारको उपलब्धि प्राप्त गर्न सकिनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

फाइदा हेर्दा नाम बिग्रन सक्छ । हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता समेत टुंगिन सक्छ । अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । ढिलासुस्तीले हातमा आएको मौका समेत गुम्न सक्छ । सगोलको सम्पत्तिमा विवाद आउने तथा भागबन्डा लाग्ने सम्भावना छ । परिस्थितिवश काम अधुरो रहला । नतिजा कमजोर देखिनाले विशेष काम दोहोर्याउनुपर्ने हुन सक्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

साथीभाइ जुट्नाले काममा उत्साह जाग्नेछ र चाँडै लक्ष्यमा पुग्न सकिनेछ । दिगो काम थालनी हुनुका साथै विशेष उपलब्धि प्राप्त हुनेछ । सेवामूलक काम सम्पादन हुन सक्छ । टाढिएका साथीभाइ नजिकिनेछन् । मिहिनेतले सफलताको उचाइमा पुर्याउन सक्छ । प्रयत्न गर्दा नयाँ व्यवसाय सञ्चालन गर्न सकिनेछ । पराक्रम बढ्नेछ र प्रतिस्पर्धीहरूलाई पछि पार्न पनि सकिनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । कामले सम्मानित स्थान दिलाउनेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । दिगो फाइदा हुने काम सुरु हुनेछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार ०८:१७