सूचनाको शक्ति - The Power Of Information

        

पुलबाट लडेर चार जना घाइते

बझाङ । बझाङको पानकोटमा बन्न लागेको मोटरेवल पुलको सामान ओसारपसार गर्दा पुलबाट चिप्लिएर चार जना घाइते भएका छन् । घाइते हुनेमा बारा जिल्ला सिमरा जितपुर नगरपालिका–११ का बर्षिय २० का उदय चौधरी, सोहि ठाउँका २४ बर्षिय देवानन्द चौधरी, जितपुर नगरपालिका–१३ का २४ बर्षिय बसन्त चौधरी र पर्सा कचुवा कचौली गाउँपालिका–९ का २१ बर्षिय दैनिक चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रुपक खड्काले बताए ।

देवानन्द र बसन्तको घुँडाको हड्डी भाँचिएकाले थप उपचारको लागि धनगढी रिफर गरिएको र अन्य दुइजनाको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको जिल्ला अस्पताल सिमखेतका प्रमुख डा.सन्दीप ओखेडाले बताए । बझाङको सदरमुकाम चैनपुरबाट जयपृथ्वी नगरपालिका तथा सेतिपारिका अन्य गाउँपालिकालाई जोड्न निर्माण भइरहेको पानकोटको मोटरेवल पुल निर्माणमा प्रयोग हुने चेन तथा अन्य सामान ओसारपसार गर्दा मङ्गलबार दिउँसो उनीहरु चिप्लिएर घाइते भएको निर्माण कम्पनीले जनाएको छ । पुल निर्माणको काम भने अन्तिम चरणमा रहेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार ०८:०३