सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस र जसपासँग मिलेर संयुक्त आन्दोलनको तयारीमा छौंः प्रचण्ड

काठमाडौं ।  नेपाल कम्युनष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्ने तयारी भएको बताएका छन् ।

मंगलबार बिहान चितवनमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरुसँग संयुक्त आन्दोलनमा जाने विषयमा छलफल भइरहेको बताएका छन् ।

उनले कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपाका नेताहरुसँग छलफल जारी रहेको र अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताएका हुन् ।

‘आन्दोलन भइराखेको छ। यसलाई सकेसम्म संयुक्त गरौं भन्ने प्रयास भइराखेकै छ। हिजो मैले यसलाई संयुक्त बनाऔं भनेर शेरबहादुर देउवासँग कुरा गरेँ । रामचन्द्र पौडेल र जसपाका नेताहरूसँग पनि कुरा गरिराखेकै छु ।

केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ’, उनले भने । प्रचण्डले आफू शान्तिपूर्ण राजनीति गर्न प्रतिबद्ध रहेको बताउँदै अतिवादमा नजाने जिकिर गरे ।

उनले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग भएका ९० प्रतिशत सांसद संसद विघटनको विरुद्धमा रहेको बताएका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलवार १०:४७