काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले कांग्रेसी नेताका निम्ति ‘लोकतन्त्र भनेकै चुनाव’ हुनु दुःखद रहेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै आन्दोलन गरिरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिटो चुनाव गर्नुपर्ने अभिव्यक्ति दिएपछि अध्यक्ष भट्टराईको यस्तो टिप्पणी आएको हो ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै डा। भट्टराईले भनेका छन्, ‘चिसो भनेकै कोकाकोला भनेझैं केही कांग्रेसी नेताका निम्ति ‘लोकतन्त्र भनेकै चुनाव’ हुनु दुःखद छ ।’
।