सूचनाको शक्ति - The Power Of Information

        

मौसमः बदली, वर्षा र हिमपातको सम्भावना कति ?

काठमाडौं ।   देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावका कारण देशका पहाडीसहितका क्षेत्रको मौसम बदली भएको हो ।

अहिले प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही अन्य क्षेत्रको मौसम सामान्यतया सफा छ ।

मंगलबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी क्षेत्रमा आंशिक बदलीको संभावना छ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।

राति प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदलीको संभावना छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा हुनेछ ।

यसैबिच प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना तथा तराईका केही क्षेत्रमा बिहानीपख हुस्सु–कुहिरो लाग्न सक्ने हुँदा तापक्रममा सामान्य गिरावट आउने हुँदा यसबाट जनजीवन र यातायातमा पर्न सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलवार ०८:५४