सूचनाको शक्ति - The Power Of Information

        

१२२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५४१ जनामा पीसीआर परीक्षण गर्दा १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ७२ हजार ८४० पुगेको छ ।

पछिल्लो २४ घण्टामा १४४ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ६९ हजार २०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार १७:३३