सूचनाको शक्ति - The Power Of Information

        

म्यान्मारमा सैन्य शासनविरुद्ध प्रदर्शन गरे २० वर्ष जेल

काठमाडौं । हालै सैन्य शासन सुरु भएको म्यान्मारमा कडा कानुन लागू भएको छ । सेनाले बनाएको कानुनअनुसार सैन्य शासनविरद्ध प्रदर्शन गर्नेलाई २० वर्षको जेल सजाय दिइने बीबीसीले जनाएको छ ।

गत फेब्रुअरी १ मा सेनाले लोकतन्त्रवादी नेत्री आङ साङ सुची, राष्ट्रपति विन मिन्टसहितका शीर्ष नेताहरुलाई नजरबन्दमा राखेर सैन्य कू गरेका थिए । त्यसयता म्यान्मारमा दैनिक सेनाविरुद्ध प्रदर्शन भइरहेको छ ।

यसबीचमा सैन्य शासनविरुद्ध प्रदर्शन गर्नेलाई २० वर्षको जेल सजाय तोकिएको हो । हाल प्रदर्शनलाई मत्थर पार्न म्यान्मारको सडकमा बख्तरबन्द गाडीहरुसहित सेनाहरु खटाइएका छन् । त्यहाँ इन्टरनेट पनि बन्द गरिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार १६:१३