सूचनाको शक्ति - The Power Of Information

        

जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

झापा । जंगली हात्तीको आक्रमणबाट भद्रपुर नगरपालिकामा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर–२ गौरीशङ्करकी ५० वर्षीया सीता दाहाल रहेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए । प्रहरीका अनुसार कमलधाप राम पोखरी सामुदायिक वनमा सोमबार दिउँसो साथीसँग घाँस काट्न गएकी उनलाई हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल पठाउने प्रहरीले बताएको छ । केही दिनदेखि जलथलको चारकोशे जंगलबाट निस्किने जंगली हात्तीले त्यस क्षेत्रमा आतङ्क मच्चाउँदै आएको छ । आहारको खोजीमा गाउँघर निस्किँदै आएका हात्तीले दर्जर्नौं घर भत्काइसकेको स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार १५:४४