सूचनाको शक्ति - The Power Of Information

        

पुनर्निर्मित मन्त्रिपरिषद्को कार्यालयको औपचारिक उद्घाटन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको छ । २०७२ को भूकम्पपछि भवनको प्रबलीकरण सम्पन्न भएसँगै उद्घाटन गरिएको हो ।

भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो । अब कार्यालय आफ्नै पुरानो भवनमा सर्नेछ ।

सिंहदरबार भवनका चार मोहडामध्ये उत्तर, दक्षिण र पूर्वी मोहडाको पुनर्निर्माण सकिएको छ भने पश्चिम मोहडा असारसम्म सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार ११:५६