सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि आज पनि जवाफी बहस

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथि आज पनि जवाफी बहस हुने भएको छ ।

गत बिहीबार प्रधानमन्त्री तथा सभामुखका तर्फबाट बहस सकिएपछि हिजोदेखि जवाफी बहस सुरु भएको हो ।

हिजो पहिलो दिन नौ जना रिट निवेदक तथा कानुन व्यवसायीले बहस गरेका थिए ।

रिट निवेदकबाट जवाफ दिने क्रम सकिएपछि अदालतका सहयोगी (एमिकस क्युरी) मा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठकको राय लिइनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको मिति घोषणा गरेसँगै त्यसको विरुद्दमा परेका रिटमाथिको सुनुवाइ जारी छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार १०:२२