सूचनाको शक्ति - The Power Of Information

        

आज तरकारीदेखि फलफूलको मूल्य कति छ ? हेर्नुस् मूल्यविवरण

Mixed Tropical Fruits and vegetables

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको तरकारी र फलफूलको मूल्य विवरण प्रकाशित गरेको छ ।

मूल्य विवरण अनुसार आज आलु रातोको औसत मूल्य २६ रुपैयाँ, आलु रातो (भारतीय) २६ रुपैयाँ, आलु सेतो १७ रुपैयाँ, काउली तराई २२.५० रुपैयाँ, काउली स्थानिय ३० रुपैयाँ, गोलभेडा ठूलो (नेपाली) ५५ रुपैयाँ, गोलभेडा सानो १७.५० रुपैयाँ तोकिएको छ  । यसैगरी गोलभेडा सानो (टनेल) २२.५० रुपैयाँ, गोलभेडा सानो (तराई) २२.५० रुपैयाँ, गोलभेडा सानो (भारतीय)लाई २२.५० रुपैयाँ पर्नेछ ।

त्यस्तै, ताजा माछा (छडी) २१५ रुपैयाँ, ताजा माछा (बचुवा) २२५ रुपैयाँ, ताजा माछा (मुंगरी) २४५ रुपैयाँ, ताजा माछा (रहु) २७५ रुपैयाँ, प्याज सुकेको (भारतीय) ८० रुपैयाँ, प्याज हरियोलाई प्रतिकेजी ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार ०८:०७