सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंमा पानी पर्ने, हिमाली क्षेत्रमा हिमपात

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा आज सामान्यतया मौसम बदली भएर केही स्थानमा हल्का वर्षा हुने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम ८ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम २० देखि २२ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।
आज बिहान सूर्योदय ६ बजेर ४१ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५५ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार ०७:५९