सूचनाको शक्ति - The Power Of Information

        

भारतमा कोरोना खोप लगाएका थप ३ को मृत्यु, मृतक संख्या २७ पुग्यो

काठमाडौं । भारतमा कोरोना भाइरस विरुद्धको खोप लगाएका थप ३ जनाको मृत्यु भएको छ ।

भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै भारतीय मिडियाले दिएको जानकारी अनुसार थप ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेहरु मध्य प्रदेश, राजस्थान र हरियाणा का ३५, ३८ र ५८ उमेरका हुन् । उनीहरुले करिब ८–९ दिन अगाडि कोरोना खोप लगाएका थिए ।

यसअघि भारतमा कोरोना खोप लगाएका २४ जनाको मृत्यु भएको थियो । यो सँगै कोरोनाविरुद्धको खोप लगाएपछि मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

तर उनीहरुको मृत्यु हुनुको कारण खोप लगाउनु नभई अन्य रहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतवार १०:०९