सूचनाको शक्ति - The Power Of Information

        

समाचार

उपलब्धीलाई गुम्न नदिन आवश्यक परे फेरि बलिदानी दिन्छौं : प्रचण्ड

हजारौँ कंकालहरू चिहानबाट बाहिर निस्केर परिवर्तनलाई रोक्न खोज्नेहरूका विरुद्ध धावा बोल्ने छन् ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दशक लामो उपलब्धिलाई गुम्न नदिने बताएका छन् । पेरिसडाँडामा आयोजित शहीद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘उपलब्धिलाई गुम्न दिँदैनौँ, फेरि पनि बलिदान दिन तयार छौँ भनेर संकल्प गर्ने दिन आवश्यक छ ।’

केपी ओलीहरूले हजारौँ शहीदहरूले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई किच्न नदिने बताए । ‘ओलीहरूले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई किच्न सक्छु भन्ने सोचेका छन् भने उनी सारै ठूलो भ्रममा छन्’ उनले भने, ‘त्यसो हो भने छिट्टै भ्रम मुक्त हुँदा राम्रो हुन्छ ।’ हजारौँ कंकालहरू चिहानबाट बाहिर निस्केर परिवर्तनलाई रोक्न खोज्नेहरूका विरुद्ध धावा बोल्ने उनले बताए ।

दक्षिणपन्थी र प्रतिक्रान्तिको कित्तामा तुलना गर्दै ७ दशकपछि लामो इतिहासलाई मेटाउन खोजेको आरोप लगाए । ‘प्रधानमन्त्री र सरकारको तर्फबाट अहिलेसम्मको प्राप्तिमाथि घात भएको छ । नेपाली जनताले लामो समयको बलिदानिबाट प्राप्त संविधान र उपलब्धि भएको छ,’ उनले भने, ‘आन्दोलनको क्रममा धेरै मरे, हामी बाँचेका छौँ । बेपत्ता घाइते योद्धाहरूले ल्याएको उपलब्धिलाई कुच्चिन दिनै छैनौँ ।’

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार १२:४४