सूचनाको शक्ति - The Power Of Information

        

मुलुकलाई निरंकुशतातिर धकेल्न ओलीले संसद भंग गरे : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरकुंशतातर्फ लैजानका लागि प्रतिनिधी सभा विघटन गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसले ७७ वटै जिल्लामा आयोजना गर्न लागेको फागुन ३ गतेको प्रदर्शनमा सहभागी हुनका लागि आम नागरिकलाई भिडियोमार्फत अपिल  गर्दै पौडेलले सरकारका पछिल्ला काम कारबाहीले मुलुकलाई निरकुंशतातर्फ धकेल्ने निहित उद्देश्यका साथ संसद भंग भएको पुष्टी हुँदै गएको बताएका छन् ।

प्रधानमन्त्री केपी ओलीले मुलुकलाई निरंकुशताकाे बाटोमा धकेल्नका लागि संसद भंग गर्नु सामान्य विषय नभएको भन्दै मुलुकलाई जोगाउन, संविधान, लोकतन्त्र र समावेशीतालाई रक्षा गर्नका लागि आम लोकतन्त्रवादीहरुले शसक्त ढंगले प्रस्तुत हुनुपर्ने बेला आएको उल्लेख गरे ।

पौडेलले भिडियो अपिलमा सम्पुर्ण लोकतन्त्रवादी नागरिकलाई नेपाली कांग्रेसले फागुन ३ गते आयोजना गरेको ७७ वटै जिल्लामा हुने विरोधसभामा सहभागी  हुन आह्वान गरेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार ११:०६