सूचनाको शक्ति - The Power Of Information

        

शान्ति सम्झौता, हतियार व्यवस्थापन युगान्तकारी कदम : प्रचण्ड

बर्दिया । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौता, हतियार व्यवस्थापन गर्नु आफैंमा युगान्तकारी कदम भएको बताएका छन् ।

बारबदिया नगरपालिका, बर्दियाद्वारा काठमाडौंमा आयोजित जनयुद्धका सहिद, ज्यान गुमाएका, बेपत्ता पारिएका तथा घाइतेहरुको जीवनगाथा पुस्तक विमोचन गर्दै प्रचण्डले भने, “शान्ति सम्झौतामा गयौंं, सेना समायोजन गर्यौ, हतियातार व्ययवस्थापन गर्यौैं ।

ती आफैंमा ऐतिहासिक र युगान्तकारी प्रकृतिका छन् । कतिलाई मन पर्न सक्छ, नपर्न पनि सक्छ । जे कर्म गरेका छौं, त्यो युगान्तकारी छ ।” उनले संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा पर्न सक्ने अवस्था उत्पन भएको पनि बताए ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार १०:५७