सूचनाको शक्ति - The Power Of Information

        

वन क्षेत्रमा बनाइएका टहरा भत्काइँदै

बर्दिया । भूमिहीन सुकुम्बासीको लगत संकलन सुरु भएसँगै ठाकुरबाबा नगरपालिकाका स्थानीयले वन क्षेत्रमा रातारात बनाएका टहरा डिभिजन वन कार्यालयको टोलीले भत्काउन सुरु गरेको छ । वडा नम्बर ३ नेउलापुर गाउँस्थित चटकपुरमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी रातारात नयाँ टहरा बनाएको भन्दै डिभिजन वन कार्यालय गुलरिया बर्दियाबाट आएको टोली भत्काएको हो ।

राष्ट्रिय वन क्षेत्रमा पर्ने चटकपुर सुकुम्बासी बस्तीमा धेरै वर्ष अघिदेखि करिब ३३ घर परिवारको बसोबास रहेको थियो । भूमिहीन सुकुम्बासीको लगत संकलन सुरु भएको दुई दिनभित्रै नयाँ ५६ टहरा निर्माण भएकाले भत्काउन सुरु डिभिजन वन कार्यालयका सहायक वन अधिकृत सन्तोष चौधरीले बताए । डिभिजन वन कार्यालय गुलरियाबाट आएको प्रहरीसहितको शुक्रबार दिउँसोदिख टहरा भत्काउन सुरु गरेको हो ।

भूमिहीनहरुको लगत संकलन गर्न सूचना जारी गरेपछि फारम भर्दा अव्यवस्थित बसोबास गरिरहेको भनी घरको फोटो आवश्यक परेकाले चटकपुर बस्तीमा रातारात घर बनाइएको बताएका छन् । राजनीतिक दलका नेताहरुले पहिला घर बनाउ भनेकाले आफूहरुले बनाएको स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार ०९:४९