सूचनाको शक्ति - The Power Of Information

        

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौं ।   आज विश्व रेडियो दिवस । विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।

त्यसपछि संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा २००३ सालमा काठमाण्डाैमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । निजी क्षेत्रबाट एफ एम रेडियोहरुको प्रसारण भएको २०५२ सालदेखि हो ।

अहिले सबै जिल्लामा एफएम रेडियो स्थापना भएका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार ०८:३७