सूचनाको शक्ति - The Power Of Information

        

नेकपा विवादः

बुटवलमा आज ओली नेतृत्वको नेकपाकाे जनसभा, प्रधानमन्त्रीले सम्बोधन गर्ने

लाखाैं जनता जनसभामा सहभागी हुने

काठमाडौं ।  केपी शर्मा ओली नेतृत्वको नेकपाले आज  लुम्बिनी प्रदेशको रूपन्देहीस्थित बुटवलमा विशाल जनसभा गर्दैछ ।

नेकपा लुम्बिनी प्रदेशले आयाेजना गर्न लागेकाे जनसभालाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बाेधन गर्नेछन्। जनसभालाई सम्बाेधन गर्न प्रधानमन्त्री ओली शनिबार बिहान बुटवल प्रस्थान गर्दै छन्।

आजकाे जनसभा ऐतिहासिक हुने नेकपाका नेताहरूले बताएका छन्। लाखाैं जनता जनसभामा सहभागी हुने नेकपा नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेखरेलले बताएका छन्।

सभाको पूर्वसन्ध्यामा नेकपाका युवा इन्चार्ज महेश बस्नेतकाे नेतृत्वमा युवा तथा विद्यार्थीहरुले मोटरसाइकल र्‍याली निकालेका थिए। उनीहरूले बुटबलका विभिन्न ठाउँमा मार्चपास समेत गरेका थिए ।

नेकपाले यसअघि लुम्बिनी प्रदेशको राजधानी दाङको राप्ती उपत्यका, धनगढी, चितवन र काठमाडौंमा विशाल जनसभा गरिसकेको छ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार ०८:२४