सूचनाको शक्ति - The Power Of Information

        

अष्ट्रेलियन ओपन टेनिसमा दर्शक प्रवेश रोक

एजेन्सी । अष्ट्रेलियाको मेलबर्नमा कोरोना संक्रमणको दर बढेपछि अष्ट्रेलियन ओपन टेनिसमा दर्शकलाई प्रवेशमा रोक लगाइएको छ ।

भिक्टोरिया सरकारले पाँच दिनसम्म आंशिक लकडाउन गर्ने भएपछि अष्ट्रेलियन ओपनमा दर्शकलाई प्रवेशमा रोक लगाइने भएको हो । अघिल्लो साता मेलबर्नको एक होटेलमा रहेका व्यक्तिहरुमा कोरोना पोजेटिभ देखिएपछि स्थानीय सरकारले उच्च सावधानी अपनाएको छ ।

भिक्टोरिया सरकारले शुक्रबार मध्यरातबाट लकडाउनका नियम लागु गर्दैछ । यसअघि ब्रिसबेन र पर्थले पनि यस्तै रणनीति अपनाएको थियो । हाल अष्ट्रेलियन ओपनमा दैनिक ३० हजार दर्शकलाई खेल हेर्नका लागि प्रवेश गराइएको थियो ।

तर अब अर्को आदेश नहुँदासम्म खेलहरु विना दर्शक हुने भएका छन् ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार १६:४७