काठमाडौं । शुक्रबार सुन प्रतितोला ९० हजार ९ सय रूपैयाँमा कारोबार भएको छ। यो अघिल्लो दिनको तुलनामा ६ सयले कम हो।
बिहीबार सुन प्रतितोला ९१ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, शुक्रबार चादीँ प्रतितोला १३ सय २० रूपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय १५ रूपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
।