सूचनाको शक्ति - The Power Of Information

        

बलात्कारविरुद्ध मार्चपास गर्दै, बसन्तपुरदेखि सिंहदरबार पुग्ने

काठमाडौं । बृहत नागरिक आन्दोलनले शुक्रवार काठमाडौंमा बलात्कारविरुद्ध मार्चमास गर्ने भएको छ । मुलुकमा बढ्दो बलात्कारका घटना र दोषीहरु पक्राउ नपरेको विरोधमा सिंहदरबार महिला मार्च पास गरिने भएको हो ।

दिउँसो २ बजे बसन्तपुरमा भेला भएर सिंहदरबारको मुलगेटसम्म मार्च गर्ने बृहत नागरिक आन्दोलनले जनाएको छ । बलात्कारलाई मूकदर्शक भएर हेर्ने, सयौ अपराधीको पहरेदारी गर्ने तिम्रो सत्ता हामीलाई चाहिँदैन ।

बृहत नागरिक आन्दोलनले जारी गरेको अपिलमा उल्लेख छ । पछिल्लो समय नेपालमा बलात्कारका घटनाहरु बढिरहेका छन् । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको आठ दिन बितिसक्दा पनि उनका हत्यारा पक्राउ नगर्दा आफन्तले शव बुझेका छैनन् ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार ११:४३