सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

काठमाडौंको तापक्रम ७.८ डिग्री सेल्सियस, उच्च पहाड र हिमालमा हिमपात

देशभर आंशिकदेखि सामान्य बदली

काठमाडौं । काठमाडौंको आजको न्यूनतम तापक्रम ७.८ डिग्री सेल्सियस रहेको छ ।

विहान ६ः३० बजे काठमाडौंको तापक्रम ७.८ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो काठमाडौंको मौसम सफा रहने र तापक्रम २० डिग्री सेल्सियसको सेरोफेरोमा रहने मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

“आज काठमाडौंसहित यहाँबाट पूर्वको मौसम सफा रहने छ भने काठमाडौंबाट पश्च्चिमको मौसम बदली रहने छ,” मौसमविद् पौडेलले भने ।

आज विहान सुदूरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बांकी भू–भागमा मौसम सामान्यतया सफा रहेको उनले बताए ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार ०७:५७