सूचनाको शक्ति - The Power Of Information

        

दैलेखमा पेट्रोलियम अन्वेषणको ड्रिल गर्ने कार्य तिहारपछि मात्रै

काठमाडौँ ।  भूगर्भ  विभागले दैलेखमा  पेट्रालियम  पदार्थ  अन्वेषणको  ड्रिल  गर्ने काममा ढिलाइ गरिरहेको छ ।

विभागले ड्रिल गर्ने मिति तीन पटक सारिसकेको छ । गत  मङ्सिरदेखि  ड्रिल  सुरु गर्ने   बताएको   विभागले   कोरोना भाइरसका कारण मङ्सिरमा सम्भव नभएको   भन्दै   फागुनदेखि   ड्रिल गर्ने  जनाएको  थिया ।

अहिले  भने आगामी तिहारपछि मात्र ड्रिल गरिने तयारी  रहेको  विभागका  उपनिर्देशक सुधीर रजौरेले जानकारी दिए । लामो  समयको  बन्दाबन्दीका कारण   ड्रिल   उपकरण   ल्याउन नसकिएको   र  चिनियाँ   अध्ययन टोली  नेपाल  आउन  ढिलाइ  हुँदा मिति सारिरहनु परेको छ ।

ड्रिल गर्ने उपकरण चैतमा ल्याइने भएको छध्र चैत दोस्रो हप्ता चीनको अध्ययन समूह ड्रिल गर्ने  उपकरणसहित  नेपाल  आउने  तयारी  गरेको उपनिर्देशक रजारेले जानकारी दिए ।

अध्ययन समूहले  ड्रिल  गर्ने‚थानको  पहिचानसहितको प्रतिवेदन विभागलाई पठाइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार ०७:४७