सूचनाको शक्ति - The Power Of Information

        

बार्न्स्लेलाई हराउँदै चेल्सी एफए कपको क्वाटरफाइनलमा

काठमाडौं । बार्न्स्लेलाई हराउँदै चेल्सी एफए कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

गएराति बार्न्स्लेको मैदानमा भएको खेलमा भ्रमणकारी टोली चेल्सीलाई विजयी गराउन ट्यामी अब्राहमले ६८ औं मिनेटमा निर्णायक गोल गरे ।

चेल्सीले अब क्वाटरफाईनलमा शेफिल्ड युनाईटेडसँग खेल्नेछ । एफए कपकै अर्को खेलमा साउथह्याम्पटनले वुल्भरह्याम्पटन वान्डरर्सलाई २–० ले पराजित ग¥यो ।

क्वाटरफाइनलमा साउथह्याम्पटनले बर्नमाउथसँग खेल्नेछ । एफ.ए कपका अन्य क्वाटरफाईनल खेलहरुमा म्यान्चेस्टर सिटी र एभर्टन तथा लेष्टर सिटी र म्यान्चेस्टर युनाईटेड भिड्नेछन् ।

क्वाटरफाईनल खेलहरु आगामि मार्च २० तारिखमा हुनेछ । एजेन्सी

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार ०७:४१