सूचनाको शक्ति - The Power Of Information

        

काठमाण्डौको तारकेश्वरमा फेरि बर्ल्डफ्लु भेटियो, १४ सय हाँस–कुखुरा नष्ट

काठमाडौं । काठमाण्डौमा फेरि बर्डफ्लु भेटिएको छ । तारकेश्वर नगरपालिकाको साङ्लेखोला छापका किसानले पालेका हाँसमा बिहीवार बर्डफ्लु पुष्टि भएको हो ।

साङ्लेखोला छापका किसान प्रल्हाद तामाङ र उहाँका छोरा सुमनले पालेको हाँसमा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिकाका प्रवक्ता विदुर सापकोटाले जानकारी दिनुभयो । केही दिनअघि स्थानीय किसानले पालेको हाँसको नमुना त्रिपुरेश्वरको प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परीक्षणपछि बर्डफ्लु भएको पुष्टि भएको हो ।

बर्डफ्लु पुष्टि भएसँगै ‘र्‍यापिड रेस्पोन्स टिम’ ले एक हजार चार सय हाँस र ६५ कुखुरा नष्ट गरेको छ । बर्डफ्लु प्रभावित क्षेत्रका फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्ने काम भइसकेको प्रवक्ता सापकोटाले बताउनुभयो ।

केही दिनअघि तारकेश्वर ७ को साङ्लेखाला, फटुङका किसानले पालेका टर्की हाँसमा बर्डफ्लु पुष्टि भएको थियो । बर्डफ्लु पुष्टि भएपछि  १८ सय ६५ हाँस, ६ सय २२ बट्टाई, ३२ कुखुरा, २५ टर्की, ५ सय ४२ अण्डा र ७५ केजी दाना नष्ट गरिएको थियो ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार १८:३६