सूचनाको शक्ति - The Power Of Information

        

झाँक्री पक्राउ प्रकरण

प्रहरी नियन्त्रणमा रहेकी रामकुमारीले भनिन्, ‘यो अन्तिम लडाईं हो’

काठमाडौं । प्रहरी नियन्त्रणमा रहेकी नेकपा नेतृ रामकुमारी झाँक्रीले यो अन्तिम लडाईं भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी हुन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘राज्यविरुद्धको कसुर अन्तरगत संविधानको धारा ५८ अनुसारको पक्राउ पुर्जी जारी गरी गिरफ्तार गरिएको छ । अपराध अनुसन्धान मीनभवनमा छु । सबै साथीहरुले धैर्य गर्नुहोला । यो अन्तिम लडाईं हो । आफ्नो ठाउँमा डटौं ।’

गोरखमा पुगेर करिव दुई साताअघि दिएको एक अभिव्यक्तिको कारण प्रहरीले नेतृ झाँक्रीलाई बिहिवार उनकै निवास शंखमूलबाट नियन्त्रणमा लिएको हो । उनलाई राज्यविरुद्धको कसुर अन्तरगतको दफा ५८ को कसुरको अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरीको पक्राउ पुर्जीमा उल्लेख गरेको छ । झाँक्रीलाई प्रहरीले राज्यविरुद्धको कसुर गरेको भन्दै घरमै गएर पक्राउ गरेको थियो । झाँक्रीले पक्राउ पर्नुअघि आफ्नै निवासमा उपस्थित सबैलाई सम्बोधन समेत गरेकी थिइन् ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार १५:५५