सूचनाको शक्ति - The Power Of Information

        

झाँक्री निवासमा सादा पोशाकका प्रहरी

ढल्ने बेलामा तानाशाहको प्वाँख पलायो : रामकुमारी झाँक्री

प्रहरी पुगेपछि रामकुमारीको घरमा नाराबाजी

काठमाडौं । नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न उनको निवासमा सादा पोशाकका प्रहरी पुगेका छन् । सादा पोशाकका प्रहरी उनको निवास वरिपरी पुगेपछि झाँक्रीका समर्थकले सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । झाँक्रीले पत्रकारसँग संक्षिप्त कुरा गर्दै तानाशाहको ढल्ने बेलामा प्वाँख पलाएकोरुपमा आफूले लिएको बताइन् ।

‘राष्ट्रपतिको निर्वाचन क्षेत्रसँग जोडिएको विषय अस्मितासँग कसरी जोडिन्छ ?,’ झाँक्रीले भनिन्, ‘राजनीतिक मुद्दा भएको हुँदा पुर्जीसहित आउनुपर्छ । अन्यथा आउनुस् भनेर जाने कुरा भएन । तपाईँसँग सोधपुछ गर्नुछ आउनुस् भनेर प्रहरी कार्यालयबाट फोन आएको थियो, मैले यो राजनीतिक मुद्दा भएकाले पुर्जीसहित आउनुपर्छ भनेकी छु ।’

उनले लोकतन्त्रमा सबै जवाफदेही हुनुपर्ने बताइन् । ‘तानाशाहहरुको ढल्ने बेलामा प्वाँख आउछ । हामी प्रतिगमनका विरुद्धमा सडकबाटै लडेका छौँ,’ उनले भनिन् । राष्ट्रपतिको अवहेलना गरेको भन्दै पक्राउ गर्न प्रहरी पुगेपछि नेकपा नेतृ रामकुमारी झाँक्रीको घरमै नाराबाजी भएको छ ।

बिहीबार झाँक्रीलाई पक्राउ गर्न घरमै प्रहरी पुगेको हो । त्यसपछि आक्रोशित नेकपा र नेकपाको जनसंगठनका नेता–कार्यकर्ता जुलुस लिएर घरमै पुगेका छन् । अहिले अनेरास्ववियूका नेता–कार्यकर्ताहरूले उनको शंखमूलस्थित घरको प्राङ्गणमा नाराबाजी गरिरहेका छन् । प्रहरीले झाँक्रीलाई अहिलेसम्म पक्राउ भने गरिसकेको छैन ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार १२:३४