सूचनाको शक्ति - The Power Of Information

        

६० वर्ष पछि निजामती कर्मचारीको अनिवार्य अवकाश

काठमाडौ । प्रदेश २ सरकारले प्रदेशका निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेर ६० वर्ष कायम गरेको छ ।

प्रदेश निजामती सेवा ऐन, २०७७ मा प्रदेश निजामती कर्मचारीले ६० वर्ष पूरा भएपछि सेवाबाट अनिवार्य अवकाश पाउने व्यवस्था गरीएको हो ।

यस ऐनअन्तर्गत प्रदेश २ को प्रदेश निजामती सेवामा अधिकृत बाह्रौँ तहदेखि सहायक तेस्रो तहसम्मका कर्मचारी रहने उल्लेख छ ।

प्रदेश निजामती सेवामा आर्थिक, योजना तथा तथ्याङ्क सेवा, इञ्जिनीयरिङ्ग, कानून, कृषि, प्रशासन, वन, विविध, शिक्षा र स्वास्थ्य सेवाको गठन गरिएको छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार ०९:४६