सूचनाको शक्ति - The Power Of Information

        

प्रशान्त महासागरमा ७ दशमलव ७ म्याग्‍निच्युडको शक्तिशाली भूकम्प

काठमाडौँ  । दक्षिण प्रशान्त महासागरमा शक्तिशाली भूकम्प गएपछि त्यसको धक्का न्युजिल्याण्ड र इण्डोनेसियासम्म पुगेको छ । बुधबार दक्षिण प्रशान्त महासागरमा ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो ।

बुधबार साँझ नै भूकम्प गएपनि अहिलेसम्म क्षतिको विवरण आइसकेको छैन् । समून्द्रमा भूकम्प गएकाले त्यसको असर ठूलो नदेखिएको अनुमान गरिएको हो । यद्यपी सुनामी आएपछि मात्रै प्रशान्त महासागरमा भूकम्प गएको थाहा भएको हो ।

अष्ट्रेलियामा समुन्द्री तटमा साना सुनामी आएपछि भूकम्प गएको पुष्टि भएको हो । भूकम्प शक्तिशाली भएकाले ठूलो सुनामीको चेतावनी दिइएको छ ।

भानुआटु र फिजीमा सुनामीको लहर १ देखि ३ फुट माथिसम्म आउन सक्ने चेतावनी अमेरिकी सुनामी चेतावनी केन्द्रले दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले दिएका छन् ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार ०८:३६