सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुनेछन् ।

एन्फा मैदान सातदोवाटोमा हुने पहिलो खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकाले स्याङ्जाको वालिङ नगरपालिकासँग खेल्नेछ ।

आजै हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले विराटनगर महानगरपालिकाको सामना गर्नेछ । जारी लिगमा सशष्त्र प्रहरीको एपिएफ क्लब अहिलेसम्म शत प्रतिशत जितको साथ तालिकाको शिर्ष स्थानमा रहेको छ ।

८ खेलबाट उसको २४ अंक भएको छ । हिजो भएको खेलमा एपिएफले रौतहटको चन्दपुर नगरपालिकालाई ८÷० ले पराजित ग¥यो ।

८ खेलबाट १९ अंक जोडेको आर्मी क्लब दोस्रो स्थानमा रहँदा नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाको ८ खेलबाट समान ११ अंक छ ।

१० अंकको विराटनगर महानगरपालिका पाँचौें, ६ अंकको चन्द्रपुर नगरपालिका छैटौं तथा अंकविहीन चौदण्डीगढी नगरपालिका पुछारमा छ ।

प्रकाशित मिति : २९ माघ २०७७, बिहीबार ०८:२४