सूचनाको शक्ति - The Power Of Information

        

तातोपानी नाका सञ्चालनको दोस्रो दिन ८ वटा कन्टेनर आउने

काठमाडौं । तीन सातादेखि पूर्ण रुपले बन्द तातोपानी नाका आंशिक रुपमा सञ्चालनमा आएको छ ।

नेपाल–चिन सिमाको मितेरी पुल मर्मत सम्भारका लागि बन्द गरिएको तातोपानी नाका हिजोदेखि संचालनमा आएको हो ।

चिनियाँ व्यापारिक नाका तातोपानी अन्तर्गत मितेरी पुल निर्माण गर्न गत माघ ७ गतेदेखि बन्द भएको थियो ।

निर्माणको काम सकिएपछि नाका पुन संचालनमा आएको हो । नाका संचालन भएको पहिलो दिनमै व्यापारिक कारोबार सुरु भएको छ ।

हिजो भन्सारमा ६ कन्टेनर सामान भित्रिएको छ । आजपनि ८ वटा कन्टेनर आउने बताईएको छ । नाकामा रोकिएको पुरानो कन्टेनर आएपछि तातोपानी भन्सारमा दैनिक २० कन्टेनर आउने निर्णय भएको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार १०:१०