सूचनाको शक्ति - The Power Of Information

        

आज उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने

काठमाडौं । आज दिउँसो काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने भएको छ । नेकपाको प्रचण्ड–नेपाल समूहको विरोध प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने भएको हो ।

काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालिने भएकाले बिहान १० बजे पछिदेखि नै ट्राफिक व्यवस्थापनमा चाप बढ्ने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

चक्रपथ भित्रको सडकमा समस्या बढ्ने भएकाले सकेसम्म चक्रपथको सडक मात्रै प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । पुल्चोक, त्रिपुरेश्वर, सुन्धारा, थापाथली, माइतीघर मण्डला, केशरमहल, जमल, असन , इन्द्रचोक, पुतलीसडक लगायतका क्षेत्रबाट जुलुस निकाल्ने तयारी भएकाले यो क्षेत्रको बाटो प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले आग्रह गरेको छ । ​

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार ०९:२१