सूचनाको शक्ति - The Power Of Information

        

आजदेखि पीएम कप राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता हुँदै

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता आजदेखि हुँदैछ ।

फागुन १ गतेसम्म हुने  प्रतियोगितामा देशभरका तीन सय खेलाडीले आठ विधाका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएका छन् ।

भरतपुरको कभर्डहलमा हुने प्रतियोगितामा पहिलो हुनेलाई  एक लाख १५ हजार रुपैयाँ, दोस्रो हुनेलाई  ५५ हजार र तेस्रो हुनेलाई  १५ हजार नगद, ट्रफी र सम्मानपत्र दिइने आयोजकले जनाएको छ ।

प्रतियोगितामा १७ वर्षदेखि ४५ वर्ष उमेर समूहका खेलाडीले भाग लिनेछन् । प्रतियोगिताका लागि आठ लाख १९ हजार खर्च लाग्ने अनुमान छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार ०९:१८