सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोटमा माटोको ढिस्कोमा पुरिएर एकजनाको मृत्यु

जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।

शिवालय गाउँपालिका-९ की ४६ वर्षीया विर्मी बुढाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको हो ।

छेडा-कचाली सडकखण्डमा तारजालीको पर्खाल लगाउन जग खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर बुढाको ज्यान गएको जाजरकोटका प्रहरी नायब उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार ०७:४७